कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु, निको हुनेको संख्या बड्यो

Coronavirus death body

धनगडी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कैलालीका सबैभन्दा बढी १० जना रहेका छन् । बझाङ, अछाम र बाजुरामा दुई/दुई तथा कञ्चनपुर, डोटी, दार्चुला र डडेल्धुरामा एक/एक जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले पछिल्लो समय सुदूरपश्चिममा सक्रिय सङ्क्रमितको संख्या बढ्दै गएको बताए ।

अरु प्रदेशको तुलनामा सुदूरपश्चिममा मृत्युदर कम छ । कोरोनाबाट निको हुने दर पनि बढी नै छ । शुक्रबार साँझसम्म सुदूरपश्चिममा नौ हजार ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शुक्रबारसम्म ७ हजार ४ सय ४३ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

हाल सुदूरपश्चिममा एक सङ्क्रमितको अति सघन कक्षमा तथा दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । तीन हजार पाँच सयभन्दा बढी २० वर्षदेखि २९ वर्ष उमेर समूहका सङ्क्रमित बढी छन् ।

स्वाब परीक्षणा लागि हाल ६ स्थानमा प्रयोगशाला सञ्चालनमा छ। अछाम र कञ्चनपुरमा समेत पीसीआर मेसिन जडानको तयारी रहेको जोशीले बताए ।

प्रतिकृया दिनुहोस