काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थपिए २ हजार ७२० जना नयाँ कोरोना संक्रमित

Ktm valley kantipath

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या सरदरमा बढ्दो क्रममा छ । बिहीबार पनि नेपालमा कोरोना संक्रमितको संख्या उच्च देखिएको छ ।

काठमाडौं उपत्यकामा पनि कोरोनाका सक्रिय संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा उपत्यकाका तीन जिल्लामा २ हजार ७ सय २० जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा २ हजार ३ सय ५७ जना, भक्तपुरमा १ सय २७ जना र ललितपुरमा २ सय ३६ जनासहित पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ हजार ७ सय २० जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ४ हजार ४ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।

देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार संक्रमितमध्ये १ लाख ५ हजार ४ सय ८८ जना कोरोना मुक्त भएका छन् भने देशभर कोरोनाबाट ८ सय २९ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस