बुधबारको तुलनामा बिहीबार घट्यो कोरोना संक्रमण, पछिल्लो २४ घन्टामा ३ हजार ६३७ जनामा संक्रमण पुष्टि

Corona test19

काठमाडौं । बुधबारको तुलनामा बिहीबार नेपालमा कोरोना संक्रमितको संख्या घटेको छ । बुधबार नेपालमा एकैदिन ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बिहीबार भने झण्डे आधाको हाराहारीमा संक्रमिति घटेका छन् । अर्थात् बिहीबार पछिल्लो २४ घन्टामा ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये झण्डै आधा काठमाडौं उपत्यकाका छन् । पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण भएसँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितमध्ये १ लाख २ हजार ८ सय २० जना कोरोना मुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ८ सय १२ जनाले ज्यान गुमाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...