काठमाडौं उपत्यकामा अहिलसम्मकै धेरै ३ हजार १०७ जनामा कोरोना संक्रमण

Ktm valley kantipath

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै भएको छ । पछिल्लो २४ घन्टामा उपत्यकामा ३ हजार १ सय ७ जनामा कोरोना संक्रमण भएको छ ।

काठमाडौंमा २ हजार ३ सय ९१, भक्तपुरमा १ सय ७३ र ललितपुरमा ५ सय ४३ गरेर पछिल्लो २४ घन्टामा उपत्यकामा ३ हजार १ सय ७ जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा संक्रियको संख्या २३ हजार नाघेको छ । काठमाडौंमा सबैभन्दा धेरै १८ हजार ८३ जना छन् भने ललितपुरमा २ हजार ९ सय ८९ र भक्तपुरमा १३ सय ८ छन् ।

उपत्यका बाहेक ११ जिल्लामा संक्रिय संक्रमितको संख्या ५०० बढी छ । झापामा ६ सय १५, मोरङमा २ हजार ७ सय ७६, सुनसरीमा २ हजार ६ सय ६७, काभ्रेमा ५ सय ५३, मकवानपुरमा १ हजार १ सय ४० चितवनमा १ हजार ७४ र रुपन्देहीमा १ हजार ९ सय ७३, कास्कीमा ७ सय १३, दाङमा ७ सय २०, सुर्खेतमा ७ सय ९६ र कैलालीमा ६ सय ३९ संक्रिय संक्रमित छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै संक्रमित फेला परेका छन् । एकैदिन ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भउको छ । नेपालमा कोरोना संक्रमण सुरु भएको पछिल्लो ७ महिनामा यो एकै दिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।

देशभर संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । संक्रमितमध्ये ९९ हजार ६ सय ५ जना निको भएर सामान्य जीवनमा फर्किएका छन् भने ७ सय ९१ जनाको कोरोनाबाट ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस