बीपी प्रतिष्ठान धरानमा थप दुई कोरोना संक्रमितको मृत्यु

Dead body 860x573 yu4fnfyud3 12

धरान । सुनसरीको धरानमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान–१८ का ७२ वर्षीय पुरुष र धरान–१७ का ६८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धरान १८ का ७२ वर्षीय पुरुषमा असोज २९ गते कोरोना पुष्टि भएको र सोमबार प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै, धरान–१७ का ६८ वर्षीय पुरुषमा असोज २८ गते कोरोना पुष्टि भएपछि प्रतिष्ठानमा भर्ना भएका थिए। उनको सोमबार दिउँसो साढे तीन बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...