भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङलाई कोरोना संक्रमण पुष्टि

Basanta nembang

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भए पनि उनको स्वास्थ्य अवस्था भने सामान्य छ ।

आइतबार सामान्य ज्वरो आएपछि मन्त्री नेम्बाङले सोमबार परीक्षणका लागि स्वाब दिएका थिए । उनलाई सोमबार कोरोना संक्रमण भएको उनले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनले आफ्नो सम्पर्कमा आएका सम्पूर्ण महानुभवहरुलाई सजगता अनपनाइ आफ्नो स्वास्थ्यको ख्याल गर्न समेत आग्रह गरेका छन् । यसअघि पर्यटनमन्त्री योगेश भट्टराई र शिक्षा मन्त्री गिरिराजमणी पोख्रेललाई पनि कोरोना संक्रमण भइसकेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै काठमाडौँ उपत्यकामा थप २ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार काठमाडौँमा २ हजार ८ जना, ललितपुरमा २ सय ८१ जना र भक्तपुरमा ९९ जना कोरोना संक्रमित थपिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...