काठमाडौँ उपत्यकामा एकैदिन थपिए २ हजार ३८८ नयाँ संक्रमित

1590588492 frwvd

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ८, भक्तपुरमा ९९ र ललितपुरमा २८१ जना कोरोना संक्रमित थपिएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २ हजार ३३५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको छ भने ४ हजार ४७० जना क्वारेन्टिनमा छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...