पछिल्लो २४ घण्टामा थपिए ३ हजार ७९० कोरोना संक्रमित, संक्रिय संक्रमित ४० हजार नाघ्यो

Corona psycho

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २ हजार ३३५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ। पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको छ भने ४ हजार ४७० जना क्वारेन्टिनमा छन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...