बीपी प्रतिष्ठानमा इटहरीका कोरोना संक्रमितको मृत्यु

Dead ihx8ctnygo 19

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको इटहरी–२० का ७८ वर्षीय पुरुषको आज बिहान ३ः०५ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

रक्तअल्पताबाट पीडित उनमा पहिलो पटक असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । दोस्रो पटक कात्तिक १ गते पनि उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा असोज १९ गते भर्ना भएका थिए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...