एकैदिन थप २३ सय २६ जना अस्पतालबाट डिस्चार्ज  

19 04 2020 coromukt 20205738

काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय २६ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ३ सय २६ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ९२ हजार १ सय ६६ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ३९ हजार ३ सय ४१ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ८ सय ३१ रहेको छ ।

यस्तै होम आइसोलेसनमा रहनेको संख्या २६ हजार ४ सय ८ रहेको छ भने संस्थागत आइसोलेसनमा १२ हजार ९ सय ३३ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर १४ हजार ८ सय ७५ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १२ लाख ८३ हजार ३ सय ५४ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...