काठमाडौंको सोह्रखुट्टे बन्यो कोरोना संक्रमणको ‘हटस्पट’, महानगरका कुन क्षेत्रमा कति संक्रमित छन् ? सुचीसहित

Kathmandu vally

काठमाडौं । गत डिसेम्बरको अन्त्यतिर चीनको वुहानबा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिएको छ । पछिल्लोपटक नेपाल कोरोना संक्रमणको ‘हटस्पट’ नै बनेको छ । त्यसमा पनि काठमाडौं उपत्यकाले ‘रेड जोन’ को रेखा नै क्रस गरेको छ ।

काठमाडौं उपत्यकाभित्र ‘दिन दुई गुना, चात चौगुना’ का दरले कोरोना संक्रमण बढिरहेको छ । काठमाडौं उपत्यकाभित्रका स्थानीय तहमध्ये सबैभन्दा धेरै काठमाडौं महानगरपालिकामा कोरोना संक्रमित छन् । महानगरमा अहिलेसम्म १८ हजार ३ सय २० जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

काठमाडौं महानगरमा सबैभन्दा धेरै संक्रमित सोह्रखुट्टेमा रहेका छन् । त्यहाँ १ हजार ४ सय ४० जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै स्वयम्भूमा १ हजार ४ सय ३८ जनामा कोरोना संक्रमण भएको छ ।

कामठाडौंको कलंकी र आसपासको क्षेत्रमा १ हजार ८८ जनामा कोरोना संक्रमण भएको छ । काठमाडौंको कोटेश्वर र आसपासको क्षेत्रमा १ हजार ९० जनामा कोरोना संक्रमण भएको महानगरपालिकाले जनाएको छ ।

महानगरको वडा नं. १४, १५, १६ र ३२ मा १ हजार भन्दा बढी संक्रमित छन् भने वडा नं. ३, ४, ५, ९, १०, ११, १३, २६, २८, २९ र ३१ मा ५ सय भन्दा बढी संक्रमित छन् । वडाका पहिचान नभएका मात्रै ३ सय ४४ जना संक्रमित छन् ।

संक्रमितमध्ये ९ हजार ५ सय ३८ जनामा कोरोना निको भएको छ भने १ सय ८ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ७ हजार ४ सय ६५ जना घरमै आइसोलेसनमा बसेका काठमाडौं महानगरपालिकाले जनाएको छ ।

अन्य ठाउँमा कति ?

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...