इलाममा कोरोना संक्रमित ८ वर्षीया बालिकाको मृत्यु

Child death

इलाम । इलामकी ८ वर्षीया कोरोना संक्रमित बालिकाको मृत्यु भएको छ । मिर्गौला पीडितसमेत रहेकी इलामको सुर्योदय नगरपालिका– १२ की ८ वर्षीया बालिकाको दुई वटै मृगौलाले काम गर्न छाडेको थियो । ४ दिनअघि कोरोना पोजिटिभ पुष्टि भएकी बालिकलाई उपचार गर्दा अवस्था सुधार नदेखिएपछि अस्पतालले शुक्रबार डिस्चार्ज दिएकोमा उनको बाटोमै मृत्यु भएको हो ।

थप उपचारका लागि काठमाडौँ लैजाने बताएपछि बालिकालाई डिस्चार्ज दिइएको विराट मेडिकल कलेज आइसोलेसन इञ्चार्ज सुनिल देवले जानकारी दिए । तर, आफन्तले घर लिएर गएका थिए । राति घर लैजादै गर्दा बालिकाको बाटोमै मृत्यु भएको जानकारी प्राप्त भएको सूर्योदय नगरपालिकाका स्वास्थ्य शाखाका हेल्थ असिस्टन्ट धनराज यादवले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘तँ डुमले हाम्री छोरी लिन खोज्ने’ भन्दै कुटिए दिनेश नेपाली, प्रहरीले अस्पतालबाट समातेपछि भयो कोरोना

Dinesh nepali

डोटी । पछिल्ला केही समययता अन्तरजातीय प्रेम वा विवाह गरेका विषयमा दलित युवाहरु निर्घात कुटिने मात...