कोरोना भाइरस रोक्न मरिच उत्तम : जसले कोरोनाविरुद्धको अभियानमा ‘गेम चेन्जर’ नै गराउन सक्छ

Marich 2

काठमाडौं । कोरोना भाइरसको उपचारका लागि मरिचको प्रयोग प्रभावकारी पाइएको अनुसन्धानबाट पुष्टि भएको छ ।

भारतीय अनुसन्धानकर्ताको एक टोलीले मरिचमा पाइने पेपराइनले कोरोना भाइरसलाई नष्ट गरेको दावी गरेको छ । इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी अन्तरगतको डिपार्टमेन्ट अफ फिजिक्सका अनुसन्धानकर्ताले प्रयोगबाट यो कुरा पुष्टि भएको जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमसँग प्रमुख अनुसन्धानकर्ता उमाकान्त त्रिपाठीले भने, ‘कुनै पनि अन्य भाइरसले जस्तै कोरोना भाइरसले मानिसको शरीरमा प्रवेशका लागि र प्रवेश भएपछि पनि प्रोटिनको प्रयोग गर्छ । मानिसको सेलमा प्रवेश गर्नुपूर्व नै प्रोटिनलाई प्रभावित पारेर कोरोना भाइरसलाई सेलहरुमा प्रवेशका लागि रोक्ने काम गर्न हामी सक्षम भएका छौँ ।’

कोरोना भाइरसको प्रणालीलाई नै प्रभावित पारेर मानिसको शरीरमा प्रवेश रोक्नका लागि वैज्ञानिकहरुले कम्प्युटरको अत्याधुनिक मोलिक्युलर डकिङ्ग र मोलिक्युलर डायनेमिक्स सिमुलेसन विधिको प्रयोग गरिएको छ । अनुसन्धानकर्ताले हाम्रो भान्सामा पाइने सामान्य मसलाबाट ३० तत्वको प्रयोग गरेका थिए । त्यसबाट औषधिय गुणको पहिचान भएको छ ।

अध्ययन अनुसार मरिचमा पाइने एक एल्कोलाइड अर्थात पेपराइनले कोरोनाविरुद्ध दरिलोसँग संघर्ष गर्न सक्षम भएको छ । अनुसन्धानकर्ता त्रिपाठी भन्छन्, ‘यो अनुसन्धान संसारलाई नै आशाको नयाँ सञ्चार हो । यो अध्ययनमा कुनै पनि प्रकारको शंका छैन । थप अध्ययन र प्रयोगशालाको प्रयोग गर्नुपर्ने आवश्यकता छ ।’

भारतीय औषधि निर्माता कम्पनी इम्जेनेक्स इण्डिया प्रालिका बायोलोजिकल निर्देशक अशोक कुमारको सहयोगमा ल्याब परीक्षण पनि सुरु गरिएको छ । यो चरणमा सफलता प्राप्त गरेमा यसको औषधि बिरामीमा सिधै प्रयोग गर्न सकिन्छ । यसको कुनै पनि प्रकारको साइड इफेक्ट नहुने भएकाले धेरै परीक्षणको आवश्यकता नपर्ने वैज्ञानिकहरुको भनाइ छ ।

अमेरिका, चीन, बेलायत जस्ता देशहरु यो वर्षको अन्तिमसम्म कोरोनाविरुद्धको भ्याक्सिन ल्याउने तयारीमा छन् । तर, मरिचको प्रयोगबारे ल्याब रिपोर्ट राम्रो भएमा कोरोनाविरुद्धको अभियानमा गेमचेन्जर हुनसक्ने भारतीय वैज्ञानिकको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...