कोरोना संक्रमणको अर्काे दुःखद पक्ष, कोरोना भाइरसले सधैंका लागि बहिरो बनाउन सक्छ !

Kanma samasya

काठमाडौं ।  कोरोना भाइरसका कारण मानिसमा लस अफ हेयरिङ अर्थात सुन्ने शक्ति गुमाउने समस्या हुनसक्ने अनुसन्धानबाट खुलेको छ ।

बेलायती वैज्ञानिकहरुले अचानक श्रवण शक्तिमा कमी आएमा वा सुन्नै नसक्ने अवस्था भएमा तत्काल उपचारका लागि अस्पताल जानुपर्नेमा जोड दिएका छन् । कोरोना भाइरसले स्वाद र श्रवण शक्ति नष्ट गर्ने समयसम्म शरीरका विभिन्न अंगमा नराम्रो असर पुग्ने वैज्ञानिकहरुले बताएका छन् ।

पछिल्लो अनुसन्धानबाट कोरोना भाइरसले मानिसको श्रवण शक्ति नै समाप्त गर्ने प्रमाण फेला परेको छ । लण्डन विश्वविद्यालयको जर्नल बिएमजेमा प्रकाशित एक रिपोर्ट अनुसार ४५ वर्षका एक कोरोना संक्रमितको कोरोनाकै कारण श्रवण शक्ति गुमेको छ । आइसियू, भेन्टिलेटर हुँदै निको भएको एक हप्तापछि उनको कानमा समस्या देखिन थालेको थियो ।

सुरुवाती झनझनाहटको लक्षण देखिएको थियो । बिस्तारै ती पुरुषको श्रवण शक्ति पूर्णरुपमा गुमेको छ । उनमाथि अनुसन्धानकर्ता चिकित्सकले कोरोनाबाहेक अन्य कुनै पनि कारण पत्ता लगाउन सकेनन् । उनमा प्रयोग भएका औषधिको पनि वैज्ञानिकहरुले अध्ययन गरेका थिए । अन्तिममा उनको श्रवण शक्ति कोरोनाकै कारण भएको पुष्टि भएको छ ।

वैज्ञानिकहरुले ती व्यक्तिमा कुनै पनि प्रकारको फ्लू भएको वा नभएको र उनको परिवारमा कुनै समस्या भएको वा नभएको भन्ने विषयमा पनि अध्ययन गरेका थिए । अनुसन्धानमा संलग्न डा.स्टेफनिया कोउम्पाले कोरोनाले श्रवण शक्ति लस गर्ने प्रमाण प्राप्त भए पनि कसरी श्रवण शक्ति नष्ट हुन्छ भन्ने विषयमा अहिले अध्ययन भइरहेको बताएकी छन् ।

अहिले भइरहेको अध्ययनका विषयमा उनी भन्छिन्, ‘कानको भित्रि हिस्सामा भएका कोशिकालाई कोरोनाले नष्ट गर्ने देखिएको छ । जसले गर्दा इन्फलामेटरी केमिकल रिलिज हुन्छ, जुन कानका लागि ठूलो नोक्सानी हुन्छ । आयसियू र भेन्टिलेटरमा उपचारका क्रममा सोध्नुपर्ने थियो । अब कोभिड बिरामीलाई कानको अवस्थाका बारेमा सोध्नुपर्ने हुन्छ ।’

अनुसन्धानमा संलग्न नभए पनि म्यानचेष्टर विश्वविद्यालयका अडियोलोजी प्रोफेसर डा.केभिन मन्रोले १ सय २१ जनामा गरिएको परीक्षणमा १६ जनामा २ महिनापछि श्रवण शक्तिमा समस्या आएको बताएका छन् । आफूले पनि यो समस्याका विषयमा अध्ययन गरिरहेको जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...