पछिल्लो २४ घण्टामा थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति थपिए संक्रमित ?

878976546

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १८०० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ८९ हजार ८ सय ४० पुगेको छ। पछिल्लो २४ घण्टामा १५ हजार ४ सय ३८ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ रहेको छ भने ४ हजार ७ सय १५ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय २७ पुगेको छ ।

कहाँ कति थपिए संक्रमित ?
नयाँ संक्रमितमध्ये १ हजार ७४६ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौका १४५१ जना, ललितपुरका १५२ र भक्तपुरका १४३ जना छन् ।

यस्तै रुपन्देहीका २०२ जना, सुनसरीका १६३, मोरङका १४९, मकवानपुरका ११९, बर्दिया र सुर्खेतका ५६/५६ जना, झापाका ५५, कास्कीका ५४, कैलालीका ४७, बाँकेका ३३, दाङका ३०, दैलेखका २९, अर्घाखाँचीका २७, रौतहटका २६, पर्साका २४, काभ्रेका २१, धादिङका २०, धनुषाका १९, नुवाकोटका १८ र बारा, पाल्पा र बझाङका १७/१७ जनामा संक्रमण देखिएको छ ।

यस्तै गोरखा र जुम्लाका १५/१५ जना, सिन्धुपाल्चोकका १४, नवलपुरका १३, सल्यानका १२, कपिलवस्तुका ११, सप्तरीका ९, सर्लाही, सिराहा, कालीकोट र कञ्चनपुरका ८/८ जना, इलामका ७, महोत्तरी, दोलखा, तनहुँ, अछाम, डडेलधुरा र बैतडीका ६/६ जना, सिन्धुली, स्याङ्जा र दार्चुलाका ५/५ जना, रुकुम पश्चिमका ४, खोटाङ, रामेछाप, नवलपुर, म्यादी, बाग्लुङ र गुल्मीका ३/३ जना, ओखलढुंगा, लमजुङ र जाजरकोटका २/२ जना तथा उपयपुर, चितवन, रोल्पा, हुम्ला र डोटीका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...