कोरोना संक्रमणबाट निको हुनेको संख्या ९० हजार नजिक  

19 04 2020 coromukt 20205738

काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ८ सय जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ८ सय जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ८९ हजार ८ सय ४० पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ३८ हजार ८ सय ३७ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७ सय १५ रहेको छ । यस्तै होम आइसोलेसनमा रहनेको संख्या २५ हजार ७ सय ३७ रहेको छ भने संस्थागत आइसोलेसनमा १३ हजार २ सय ९९ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर १५ हजार ४ सय ३८ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १२ लाख ६९ हजार ६ सय ५ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...