बाँकेमा एकैदिन तीन कोरोना संक्रमितको मृत्यु

Corona 1

नेपालगन्ज । बाँकेमा शुक्रबार एकै दिन तीन कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बाँकेका दुई जना र एक जना रुकुमका व्यक्तिको कोरोनाबाट मृत्यु भएको हो। दुई जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा र एक जनाको नेपालगन्जको भेरी अस्पतालमा मृत्यु भएको उनले बताए ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा क्रममा रुकुमको चौरजहारी नगरपालिका १४ का ३३ वर्षका पुरुषको बिहान पाँच बजेतिर मृत्यु भएको थियो। नेपालगन्ज उपमहानगरपालिका १० भृकुटीनगरका ६१ वर्षका पुरुषको राति ९ बजे भेरी अस्पतालमा र नेपालगन्ज १८ कारकाँदोकी १८ वर्षीया महिलाको राति ९स्३० बजे शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।

योसँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ। बाहिरी जिल्लाबाट बाँकेका अस्पतालमा उपचार गर्न आएका १३ जनासहित बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको कूल संख्या ४२ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...