सरकारले दियो कोरोनाको औषधि ‘रेम्डेसिभिर’ आयात तथा विक्री वितरणको अनुमति

Remdesivir medicin

काठमाडौं । नेपालमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेका बेला सरकारले कोरोना भाइरसको उपचारमा प्रयोग हुने रिम्डेसिभिर औषधि आयात तथा विक्री वितरण गर्न तीन कम्पनीलाई अनुमति दिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९२ थपिए नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ । पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ५ सय २२ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घन्टामा नेपालमा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ ।

सरकारले नेपालका दुई कम्पनी यती फार्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड काठमाडौं र भारतको हेट्रो ल्याब्स लिमिटेडलाई रेम्डेसिभिर आयात तथा बिक्री वितरणका लागि अनुमति दिइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले औषधी व्यवस्था विभागबाट अनुमति पाउनेमा दुई नेपाली र एक भारतीय कम्पनी र उनीहरुले चाडै औषधी खरिद गर्नेछन् ।

नेपालमा कोभिड १९ को उपचारका लागि अहिलेसम्म कुनै पनि औषधि नहुँदा नेपालले पनि अनुसन्धानात्मक प्रयोजनका लागि रेम्डिेसिभिर नामक औाषधि प्रयोगमा ल्याएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...