कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१५ पुग्यो, पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु

Coronavirus death body

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७ सय १५ पुगेको छ ।

नेपालमा कुल संक्रमितको संख्या एक लाख २६ हजार १ सय ३७ पुगेको छ । उनीहरुमध्ये ७ सय १५ जनाको मृत्यु भएको छ भने ८८ हजार ४० संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५ सय २२ संक्रमणमुक्त भएका हुन् । देशभर ३७ हजार ३८२ संक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा उपत्यकाका तीन जिल्लामा २ हजार ४ सय २ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७ सय ८४ जना, भक्तपुरमा २ सय ४४ जना र ललितपुरमा ३ सय ७४ जनासहित उपत्यकामा पछिल्लो २४ घन्टामा २ हजार ४ सय २ जनामा कोरोना संक्रमण भएको छ ।

पछिल्लो २४ घन्टामा मात्रै नेपालमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...