उपत्यकामा कोरोना संक्रमण बढेको बढ्यै, पछिल्लो २४ घण्टामा २४०२ जनामा कोरोना पुष्टि

Ktm valley kantipath

काठमाडौं । पछिल्लो समयमा काठमाडौं उपत्यकाभित्र तीव्र रुपमा फैलिएको कोरोना संक्रमण घट्ने संकेत छैन । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ । पछिल्लो २४ घन्टामा उपत्यकाका तीन जिल्लामा २ हजार ४ सय २ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७ सय ८४ जना, भक्तपुरमा २ सय ४४ जना र ललितपुरमा ३ सय ७४ जनासहित उपत्यकामा पछिल्लो २४ घन्टामा २ हजार ४ सय २ जनामा कोरोना संक्रमण भएको छ ।

पछिल्लो २४ घन्टामा मात्रै नेपालमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा. जागेश्वर गौतमले यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ५ सय २२ जना डिस्चार्ज भएको बताए । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ८८ हजार ४० जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ ।

प्रतिकृया दिनुहोस