गण्डकीमा शुक्रबार थप ७८ जनामा कोरोना संक्रमण

Corona test19

गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ७८ जना कोरोना संक्रमित थपिएका छन् । थपिने संक्रमितमा नवलपुरका सबैभन्दा धेरै छन् । नवलपुरमा मात्रै ३८ संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । थपिने देबचुलीका १३, गैडाकोटका १८ र कावासोतीका ६ जना रहेका छन् ।

त्यसैगरी अन्य संक्रमितमा बागलुङका सात,तनहुँका छ ,गोरखाका पाँच र लमजुङका तीन जना छन् । योसंगै प्रदेशमा संक्रमित हुनेको संख्या पाँच हजार चार सय ३४ पुगेको छ । गण्डकी प्रदेशमा बिहीबार मात्रै अहिलेसम्मकै सबैभन्दा धेरै एक सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...