चितवनमा २ वर्षका बालकसहित थप ५५ जनामा कोरोना संक्रमणको पुष्टि

Co

चितवन । चितवनमा २ वर्षका बालकसहित थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको ३०५ जनाको स्वाब परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ५१ जना चितवनका हुन् भने बाँकी ४ जनामा तीन जना पाल्पाका र एक जना रूपन्देहीका छन् ।

भरतपुर अस्पतालले बिहीबार राति सार्वजनिक गरेको परीक्षण रिपोर्ट अनुसार भरतपुरका २ वर्षीय बालकसहित ९ पुरूष र ८ महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै राप्तीका ११ पुरूष र ९ महिला, खैरहनीका ४ पुरूष र ४ महिला, रत्ननगरका १ पुरूष र कालिकाका २ पुरूष र ३ महिलामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...