पाल्पामा कोरोना संक्रमित महिलाको मृत्यु

Dead ihx8ctnygo 19

पाल्पा। पाल्पामा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा तिनाउँ गाउँपालिका ३ दोभानकी ५४ वर्षकी महिला रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

निमोनियाको समस्या रहेकी महिलाको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा बिहीबार मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

असोज २३ गते उपचारका लागि अस्पतालमा भर्ना भएकी महिलामा बुधबार कोरोना परीक्षणका लागि स्वाब संकलन गरि गरीएको पीसीआर परीक्षणमा बिहीबार मात्रै संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यो सँगै पाल्पामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...