राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

Kamal thapa raprapa

काठमाडौं । देशभर कोरोना संक्रमण बढिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालाई पनि कोरोना संक्रमण भएको छ ।

अध्यक्ष थापालाई सामान्य टाउको दुखेका कारण बुधवार कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ देखिएको विहीबार ट्वीटरमार्फत् जानकारी दिएका हुन् ।

थापाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् भने आफूसँग केही दिनयता सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन अनुरोध पनि गरेका छन् । ‘केही दिन यता मसंग सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित र सतर्क रहनु हुन अनुरोध गर्दछु’ उनले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...