गण्डकी प्रदेशमा थपिए ९७ जना कोरोना संक्रमित

Corona gandaki prov

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । बिहीबार बिहानै पोखरामा ३०, बाग्लुङमा ५१ जनासहित गण्डकी प्रदेशमा एकै पटक ९७ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । गण्डकीमा एकै पटक यति ठूलो संख्या कोरोना संक्रमित भेटिएको पहिलो पटक हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान ६ः३० बजे दिएको जानकारी अनुसार पोखरास्थित चरक मेमोरियल अस्पतालमा ६ जना र गण्डकी मेडिकल कलेजमा एक जना संक्रमित भेटिएका हुन् । यसैगरी पोखराका १२ वटा वडामा अन्य संक्रमित भेटिएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

यस्तै, गोरखामा ७, नवलपरासीमा ६ जना, लमजुङमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । बाग्लुङ भेटिएका ५१ ज्ना संक्रमितमध्ये ४१ जना पुरुष छन् । योसंगै गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या ५ हजार २ सय ८४ जना पुगेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...