कोरोना बीमा गरेकाहरुलाई सरकारले निः शुल्क उपचार नगर्ने

Ministry of health and population

काठमाडौँ । सरकारले कोरोना बीमा गरेका नागरिकहरुको कोरोना परीक्षण शुल्क र उपचार खर्च नब्यहोर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन्।

सरकारले निःशुल्क उपचार गर्ने लक्षित समूह तोकेपनि उनीहरुको कोरोना बीमा भएको अवस्थामा उपचार खर्च नव्यहोर्ने जनाएको हो।

प्रवक्ता डा. गौतमले भने, ‘आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाइ कर्मचारीहरु, सुरक्षाकर्मीहरु लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरुमा लक्षण वा चिन्ह देखिएमा परीक्षण निःशुल्क गरिने छ।’

तर उल्लेखित व्यक्तिहरुले कुनै बीमा कम्पनीहरुबाट कोरोना बीमा गरेको भएमा परीक्षण र उपचार खर्च निजको बीमा रकमबाट व्यहोरिने उनले बताए। उक्त निर्णय नेपाल सरकार मन्त्रिपरिषद्को असोज १९ गतेको बैठकबाट भएको उनले जानकारी दिए।

स्वास्थ्य मन्त्रालयले कोभिड १९ निर्देशिकामा पाँचौँ संशोधन भएको जानकारी गराएको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...