एकैदिन देशैभर २१ सय ७४ संक्रमित निको

19 04 2020 coromukt 20205738

काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय ७४ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार १ सय ७४ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ८० हजार ९ सय ५४ पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल ६८ दशमलव ६ प्रतिशत हो । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ३६ हजार ३ सय ६७ रहेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ६ सय ६६ रहेको छ । यस्तै होम आइसोलेसनमा रहनेको संख्या २१ हजार ५ सय ४८ रहेको छ भने संस्थागत आइसोलेसनमा १४ हजार ८ सय ९० जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर १३ हजार ९ सय ४७ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १२ लाख २१ हजार ३८ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...