काठमाडौँ उपत्यकामा बुधबार १ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि

Kathmandu hrxiovv3zj

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो क्रममा छ । काठमाडौँ उपत्यकामा बुधबार थप १ हजार ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ९९६, ललितपुरका ३०५ तथा भक्तपुरका १०२ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार देशभर २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा २ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा २४ घन्टामा थपिएका २ हजार ६ सय ३८ जनासहित देशभर संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ८० हजार ९ सय ५४ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट ६ सय ७५ जनाको ज्यान गएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...