कोरोनाबाट थप एक महिलाको मृत्यु

Dead ihx8ctnygo 19

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाकी ४९ वर्षीया कोरोना भाइरस संक्रमित महिलाको नोबेल शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार संक्रमित महिलाको उपचारका क्रममा मंगलबार साँझ करिब ७ बजे मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या रहेकी महिलाको आइतबार बेलुका स्वाब परीक्षणका क्रममा पोजिटिभ रिपोर्ट आएको दाहालले जानकारी दिए। आइतबार बिहान मिर्गौलाको डाइलासिसका लागि अस्पताल भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

तर कोरोना पोजिटिभ पुष्टि भएपछि महिलालाई नोबेलकै कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो । उच्च रक्तचाप, मधुमेह, र मिर्गौलाको समस्या रहेकी ती महिलाको कोभिडमा उपचारका क्रममा मृत्यु भएको प्रबन्धक दाहालले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...