काठमाडौं उपत्यकामा फेरि ह्वात्तै बढ्यो कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा २२८३ जनामा संक्रमण पुष्टि

Kathmandu vally

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार केही घटेको कोरोना संक्रमण सोमबार फेरि उच्च दरमा बढेको छ । पछिल्लो २४ घन्टामा उपत्यकामा २ हजार २ सय ८३ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा १ हजार ८ सय ८८ जना, भक्तपुरमा १ सय १८ जना र ललितपुरमा २ सय ७७ जनासहित पछिल्लो २४ घन्टामा उपत्यकामा २ हजार २ सय ८३ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । उनीहरुमध्ये ६४५ जनाको मृत्यु भएको छ भने ७७ हजार २७७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टमा मात्र १४७३ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...