कोरोनाबाट थप एक जनाको मृत्यु

Dead body 860x573 yu4fnfyud3 12

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोरोना भाइरस संक्रमित सुनसरीका एक पुरुषको सोमबार बिहान मृत्यु भएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको बिहान ६ः५० बजेतिर मृत्यु भएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए।

उनका अनुसार शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो। कोरोना पुष्टि भएका पुरुषलाई उपचारका लागि आइतबार साँझ ६ः२५ बजेतिर नोबेल ल्याइएको दाहालले बताए। राति १२ बजेतिर कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिए पनि संक्रमित पुरुषलाई बचाउन नसकिएको जानकारी उनले दिए।

चिकित्सकलाई उद्धृत गर्दै दाहालले बताए अनुसार मृतकका दुवै मृगौलामा पहिल्यैदेखि समस्या थियो। उनका अनुसार पुरुषले विगत केही वर्षदेखि मृगौलाको नियमित डाइलासिस गराउँदै आएका थिए ।

दाहालका अनुसार नोबेलको कोभिड अस्पतालमा उपचाररत नौ जना संक्रमितको हालसम्म मृत्यु भइसकेको छ। ४४ जना संक्रमित उपचाररत रहेकोमा नौ जनाको अवस्था गम्भीर छ। गम्भीर अवस्थाकालाई आईसीयूमा भर्ना गरेर उपचार जारी राखिएको उनको भनाइ छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...