कोरोना संक्रमित पूर्वमन्त्री थापा उपचारका लागि अस्पताल भर्ना

Sunil thapa

काठमाडौं । कोरोना संक्रमण भएपछि पूर्वमन्त्री सुनीलबहादुर थापा अस्पतालमा भर्ना भएका छन् । थापालाई पाँच दिनअघि कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा थिए ।

तर, ज्वरो आउने क्रम नरोकिएपछि उनलाई थप उपचारका लागि ह्याम्स अस्पताल भर्ना गरिएको छ । अस्पतालको कोभिड १९ आइसोलेसनमा रहेका थापाको स्वास्थ्य अवस्थामा सुधार आइरहेको अस्पतालले जनाएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फोनमार्फत नेता थापालाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । यसबाहेक नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले समेत नेता थापाको स्वास्थ्य लाभको कामना गरेका छन् ।

धनकुटाको मुगा घर भएका थापा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । उनी केही समयअघि मात्रै धनकुटामा कार्यकर्ता भेटघाट सकेर काठमाडौं फर्किएका थिए । काठमाडौं आए लगत्तै उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...