विकास नेपालीको हातबाट जुस पिउँदै डा. केसीले तोडे १९औँ अनशन

Dr govinda kc 8 1024x683

काठमाडौँ । सरकारसँगको ८ बुँदे सहमतिपछि डा. गोविन्द केसीले भर्खरै कोरोना जितेका शिक्षण अस्पतालका कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनशन तोडेका छन् । चिकित्सा शिक्षा सुधारलगायत ६ बुँदे माग राखेर भदौ २९ गतेदेखि अनशन बसेका डा. केसीसँग सरकारले मध्यरातमा ८ बुँदे सहमति गरेसँगै उनले अनशन तोडेका हुन् ।

अनशन तोडे लगतै डा. केसी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार थालिएको छ । गएराति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार एवं जनशक्तिको व्यवस्था गरी आउँदो शैक्षिक सत्रदेखि एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, सुदूरपश्चिमको गेटा मेडिकल कलेज सञ्चालनका लागि आउँदो संसद् अधिवेशनबाट एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी विधेयक पास गर्ने, भौतिक पूर्वाधार तयार गरी २०८० फागुन १० भित्रै एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने लगायत ८ बुँदामा सहमति भएपछि उनले २९ दिन लामो अनशन तोडेका हुन् ।

यसैबीच सरकार र डाक्टर गोविन्द केसीबीच सहमति भएसँगै आवासीय चिकित्सकले आजदेखि थाल्ने भनिएको आन्दोलन फिर्ताको घोषणा गरेको छ । हिजो अबेरसम्म पनि डाक्टर केसीको मागमा सरकार गम्भीर नभएको भन्दै आजदेखि आकस्मिक र कोभिड १९ बाहेकका सबै सेवा बहिष्कार गर्ने निर्णय गरेका चिकित्सकले आन्दोलन फिर्ताको घोषणा गरेका हुन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...