भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७ हजार

Corono death

काठमाडौं । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ७ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा हालसम्म १ लाख ७ हजार ४१६ संक्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ९२६ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख ७९ हजार ४२३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ७३ हजार २७२ संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

यता, विश्वमा पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ८ हजार ५७५ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म विश्वमा १० लाख ६४ हजार ८३८ संक्रमितको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ८३ हजार ३५९ संक्रमित थपिँदा हालसम्म विश्वमा ३ करोड ६७ लाख ५४ हजार ३९५ जनामा कोरोना संक्रमण देखिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...