चितवनमा थपिए ३५ कोरोना संक्रमित

Co

चितवन । चितवनमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको २८९ जनाको स्वाब परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित ३५ जना सबै चितवनका हुन् । संक्रमित हुनेहरू १४ वर्षीया बालिकादेखि ६९ वर्षका वृद्धसम्म छन् । भरतपुर अस्पतालले शुक्रबार बेलुकी सार्वजनिक गरेको परीक्षण रिपोर्ट अनुसार भरतपुरका ९ पुरूष र ८ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्तिका ४ पुरूष र १ महिला, खैरहनीका १ महिला, रत्ननगरका ४ पुरूष र २ महिलामा पनि संक्रमण पुष्टि भएको छ । इच्छाकामनाका २ महिला र माडीका २ पुरूष र २ महिलामा पनि संक्रमण भएको भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला प्रमुख डा नीतु अधिकारीले जानकारी दिइन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...