कोरोनाबाट थप एक जनाको मृत्यु

Dead ihx8ctnygo 19

बाँके । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचाररत कोरोना भाइरस संक्रमित १५ वर्षीय किशोरको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–३, गोग्लीका किशोरको शुक्रबार राति ८ः३५ बजे मृत्यु भएका हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई असोज १९ मा मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

उक्त दिन नै ती किशोरमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। सबै प्रकारका उपचार गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई प्लाज्मा थेरापी समेत दिइएको श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...