डिएसपीसहित पाँच जना कोरोना संक्रमित

Co

राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपीलाई शुक्रबार कोरोना संक्रमण देखिएके छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीसहित पाँच जनामा कोरोना पोजिटिभ देखिएको हो।

दुई साता अघि मात्र डिएसपीको जिम्मेवारी निर्वाहका लागि सरुवा भई आएका ३६ वर्षीय डिएसपीसहित पाँच जनामा शुक्रबार कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।

उनी आउनु अघि सरुवा भएर असोज ११ गते काठमाडौं गएका डिएसपी तिलक भराती कोरोना संक्रमणबाट मुक्त भएपछि उनी नयाँ डिएसपीका रुपमा राजविराज आएका हुन्।

यसैगरी शुक्रबार अन्य संक्रमित हुनेमा राजविराज नगरपालिकाका ५६ वर्षीया महिला, ५६ वर्षीय र ६५ वर्षीय पुरुष तथा सुरुङ्गा नगरपालिकाका ४५ वर्षीय पुरुषमा समेत संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए।

योसँगै सप्तरीमा संक्रमित हुनेको सङ्ख्या १ हजार ३६३ पुगेको छ। जसमध्ये १ हजार १०३ जना निको भएका छन्। हाल सप्तरीमा सक्रिय संक्रमित २ सय ४० जना रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...