७३ हजार बढी कोरोना संक्रमितले गरे स्वास्थ्यलाभ

19 04 2020 coromukt 20205738

काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय ८० जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ६ सय ८० जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ७३ हजार २३ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या २७ हजार ५३ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७ सय ३ रहेको छ ।

यस्तै होम आइसोलेसनमा रहनेको संख्या १५ हजार ८ सय ७७ रहेको छ भने संस्थागत आइसोलेसनमा ११ हजार १ सय ७६ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर १३ हजार २ सय ७९ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ११ लाख ४५ हजार २ सय ३७ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...