मकवानपुरमा थपिए ६६ जना कोरोना संक्रमित

Co

काठमाडौं । मकवानपुरमा ६६ जना कोरोना संक्रमित थपिएका छन्। थपिएका संक्रमितहरु हेटौंडा उपमहानगरपालिका र भीमफेदी गाउँपालिकाका हुन्। किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा १९३ जनाको स्वाबको नमुना परीक्षण गर्दा ४२ पुरुष र २४ जना महिलाको रिपोर्ट पोजेटिभ आएको हो ।

हेटौंडा उपहानगरपालिकाअन्तर्गत आयुर्वेद तथा जनस्वास्थ्य प्रवर्द्धन शाखाले बिहीबार राति सार्वजनिक गरेको विवरण अनुसार मकवानपुरका ६४ र जिल्लाबाहिरका २ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये हेटौंडा उपमहानगरपालिकाका ६२ र भीमफेदी गाउँपालिकाका दुईजना रहेका जनस्वास्थ्य निरीक्षक भोला चौलागाइँले जानकारी दिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...