चितवनमा थपिए ३० जना कोरोना संक्रमित

Co

चितवन । चितवनमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको २२० जनाको स्वाब परीक्षणमा ३० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित ३० जनामध्ये २७ जना चितवनका हुन् । बाँकी ३ जना नवलपरासी र मकवानपुरका छन् । नवलपरासी गैँडाकोट १२ की २३ वर्षीया एक महिला र कावासोती १७ का २५ वर्षीय पुरूषमा संक्रमण पुष्टि भएको छ । यस्तै मकवानपुर हेटौँडा ४ का ५० वर्षीय पुरूषमा पनि संक्रमण भएको छ ।

भरतपुर अस्पतालले बिहीबार गरेको परीक्षण रिपोर्ट अनुसार भरतपुरका ८ पुरूष र ३ वर्षीया बालिकासहित ७ महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै राप्तिका ३ पुरूष र ३ महिला, खैरहनीका १ पुरूष र १ महिला, र रत्ननगरका ४ पुरूषमा संक्रमण भएको भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला प्रमुख डा नीतु अधिकारीले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...