डा. केसी र सरकारबीचको वार्ता सकारात्मक आजै टुङ्ग्याउने प्रयास

Dr kc teching hospital

काठमाडौँ । डा. गोविन्द केसी र सरकारबीचको वार्ता सकारात्मक रुपमा अगाडी बढेको नेपाल चिकित्सक संघका अध्यक्ष एवं केसीको पक्षबाट वार्तामा सहभागी चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीले जानकारी दिए।

शिक्षा,विज्ञान तथा प्रविधिमन्त्रालयमा बिहीबार भएको पहिलो चरणका वार्तामा साँझ दुबै पक्षले मस्यौदा तयार गरेपछि बैठक पुनः बस्ने गरी अपरान्हको वार्ता स्थगित भएको हो। डा.केसीले चिकित्सा शिक्षा क्षेत्रको सुधारका विषयमा ६ बुँदे माग प्रस्तुत गरेका थिए। डा केसीले राखेका मागका बिषयमा केन्द्रित भएर छलफल भएको र सहमति खोज्ने प्रयासका साथ साँझ पुन वार्तामा बस्ने अध्यक्ष कार्कीले बताए।

आमरण अनसनमा बसिरहेका डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको अवस्थामा चौतर्फी दबाब बढेपछि बुधबार साँझ मात्रै सरकारले बाध्य भएर शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो।

सरकारी टोलीमा सहसचिव गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा सहभागी रहेका छन्। उक्त टोलीमा डा.अञ्जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल र नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. कार्की रहेका छन्।

 


 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...