पछिल्लो २४ घण्टामा थप २६७५ कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज

5f542984db02b 5f011867c919c coronavirus won

काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ६ सय ७५ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ६ सय ७५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ७१ हजार ३ सय ४३ पुगेको छ । 

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या २६ हजार ६ सय ८४ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ४ सय ६० रहेको छ ।

यस्तै होम आइसोलेसनमा रहनेको संख्या १४ हजार ९ सय ६७ रहेको छ भने संस्थागत आइसोलेसनमा ११ हजार ७ सय १७ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर १८ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ११ लाख ३१ हजार ९ सय ५८ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...