जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना संक्रमण

Somnath portel

झापा । झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना संक्रमण भएको छ ।

उनी कोरोना पोजेटिभ भएपछि होम आइसोलेसनमा बसेका छन् । उनलाई अहिलेसम्म कुनै लक्षण देखिएको छैन । उनले आफुलाई कोरोना संक्रमण भएपछि आफुसँग सम्पर्कमा रहेका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

पछिल्लो २४ घण्टामा झापामा २ महिलासहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । झापा कोरोना प्रभावित जिल्लामध्ये मै पर्छ ।

जिसस प्रमुख पोर्तेललाई कोरोना पोजेटिभ भएपछि जिल्ला समन्वय समितिको कार्यालय अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जिल्ला समन्वय अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...