२४ घण्टामा थप ११२६ संक्रमित अस्पतालबाट डिस्चार्ज

19 04 2020 coromukt 20205738

काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय २६ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार १ सय २६ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ६८ हजार ६ सय ६८ पुगेको छ । 

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या २५ हजार ७ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार १ सय ६४ रहेको छ । यस्तै होम आइसोलेसनमा रहनेको संख्या १४ हजार ४ सय ११ रहेको छ भने संस्थागत आइसोलेसनमा १० हजार ५ सय ९६ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर १४ हजार २ सय ९ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ११ लाख १३ हजार ४ सय ८५ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...