कोरोना संक्रमणले भयावह बन्दै काठमाडौं, कहाँ कति छन् संक्रमित ? (सुचीसहित)

Kathamandu velly

काठमाडौं । पछिल्लो समय नेपाल कोरोना संक्रमणको ‘हटस्पट’ नै बनेको छ । त्यसमा पनि काठमाडौं उपत्यकामा त कोरोना भाइरसको मुख्य ‘हटस्पट’ बनेको छ । निषेधाज्ञा हटाइउपछि त झन काठमाडौं उपत्यकामा कोरोना संक्रमणले महामारी कै रुप लिन थालिसेको छ ।

काठमाडौं उपत्यकाको एउटा स्थानीय तह काठमाडौं महानगरपालिकामा मात्रै ११ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण भएको छ । त्यसमध्ये ३ हजार ६ सय ८९ जना कोरोना संक्रमित आआफ्नो घरमा नै छन् । संक्रमितमध्ये ६ हजार ३ सय ५३ जना कोरोना मुक्त भएका छन् ।

काठमाडौं महानगरपालिका वडा नं. १५ स्वयम्भूमा सबैभन्दा धेरै ९ सय ६३ जना संक्रमित रहेका छन् । वडा नं. १६ सोह्रखुट्टे र आसपासको क्षेत्रमा ७ सय ९४ जना र वडा नं. ३२ कोटेश्वरमा ५ सय ९५ जना कोरोना संक्रमित छन् ।

काठमाडौं महानगरको वडा नं. ३ महाराजगञ्जमा ५ सय ७७ जना, वडा नं. ११ त्रिपुरेश्वरमा ५ सय ९२ जना, वडा नं. १३ कालिमाटीमा ६ सय ७ जना, वडा नं. १४ कलंकीमा ६ सय ४० जनामा कोरोना संक्रमण भएको छ ।

महानगरमा ज्यान गुमाउनेमा स्वयम्भू र आसपासको क्षेत्रमा सबैभन्दा धेरै ८ जनाले ज्यान गुमाएका छन् । हालसम्म काठमाडौं उपत्यकाभित्र मात्रै ८६ जनाले महानगरमा ज्यान गुमाएका छन् ।

अन्य क्षेत्रको अवस्था कस्तो छ ?

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...