प्रदेश १ मा थपिए ३३० जना कोरोना संक्रमित

Corona test19

विराटनगर । पछिल्लो २४ घण्टाको समयमा प्रदेश १ मा अहिलेसम्मकै सबैभन्दा बढी ३३० जना कोरोना संक्रमण देखिएको छ । थपिएका संक्रमितमा पुरुष १३५ र महिला १९५ छन्। मंगलबार थपिएका संक्रमितमा मोरङमा २१०, सुनसरीमा ९१, झापामा १७, सङ्खुवासभामा तीन, उदयपुरमा दुई, धनकुटा र खोटाङमा एक एक तथा प्रदेश बाहिरका जिल्लाका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या आठ हजार १०५ पुगेको छ। यस्तै, संक्रमितमध्ये चार हजार १२२ जना निको भएर घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...