२४ घण्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु

Corono death

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार महिला र पाँच पुरुष छन् ।

तेह्रथुमका ३१ वर्षीय पुरुष, सुनसरीका ६४ वर्षीय पुरुष, काठमाडौँका ५९ र ६० वर्षीया महिला, ललितपुरकी ६७ वर्षीया महिला तथा ६१ र ७७ वर्षीय पुरुष, चितवनका ७७ वर्षीय पुरुष र नवलपरासीपूर्वका ७७ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ६३ पुगेको छ । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...