घटेन काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या, एकैदिन थपिए १०१७ संक्रमित

Ktm9

काठमाडौँ । काठमाडौँ उपत्यकामा मंगलबार थप १ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ७ सय ८३, ललितपुरका १ सय १८, तथा भक्तपुरका १ सय १६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९० हजार नाघेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर कोरोना संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको छ । कोरोनाबाट हालसम्म ५ सय ६३ जनाले ज्यान गुमाएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...