थप १५५१ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या ९० हजार नाघ्यो (जिल्लागत सुचीसहित)

254535

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार २ हजार ३ सय ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६७ हजार ५ सय ४२ पुगेको छ।

पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित रहेका छन् भने ४ हजार २ सय २१ जना क्वारेन्टाइनमा छन् । 

विगत २४ घण्टामा ९ जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। नेपालमा अहिलेसम्म ५६३ सङ्क्रमितको मृत्यु भएको देखिन्छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको सम्पूर्ण विवरण

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...