उपत्यकामा थपिए १५३१ जना कोरोना संक्रमित

Corina virus

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १ हजार ५ सय ३१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ सय ७८ जना, भक्तपुरमा १ सय ३ जना र ललितपुरमा २५० जनासहित उपत्यकामा १ हजार ५ सय ३१ जनामा कोरोना संक्रमण भएको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घन्टामा  २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका २ हजार ४ सय ४० जनासहित देशभर संक्रमितको संख्या ८९हजार २ सय ६३ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ६५ हजार २ सय २ जना निको भएर घर फर्किएका छन् भने ५ सय ५४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...